चैत्र २१ । कोराना भाइरसबाट विश्वभर १० लाख १८ हजार १ सय ७ मानिस संक्रमित भएका छन्। तीमध्य काेराेना संक्रमित दुई लाख १३ हजार ४९९ जना बिरामी निकाे भएर घर फर्किसकेका छन्।
नेपाली समयअनुसार शुक्रबार दिउँसो सवा २ बजेसम्ममा १० लाख १८ हजार १ सय ७ जना मानिसमा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वरभर कोरोना भाइरसको संक्रमणको कारण ५३ हजार २ सय ५१ जनाको ज्यान गइसकेको छ।
भाइरसको चपेटमा अमेरिका सबैभन्दा बढी चपेटामा परेकाे छ। त्यसपछि इटली, स्पेन, जर्मनी, चीनजस्ता शक्तिशाली देशहरु बढी प्रभावित छन्। विश्वभर भाइरसबाट मृत्यु हुनेको संख्या ५३ दुई सय ४९ पुगेको छ। १० लाखभन्दा बढी मानिसहरु भाइरसको प्रभाव भोगिरहेका छन्। विश्वमा हालसम्म काेराेनाका कारण ५३ हजार २८० जना मानिसकाे मृत्यु भइसकेकाे छ।
Facebook Comments


























