सिन्धुली, चैत्र २० । सिन्धुलीको तीनपाटन गाउँपालिका ६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई भरुवा बन्दुक १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























