चैत्र २० । कुवेतमा एक नेपालीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ। कुवेतको समाचार संस्था कुनाका अनुसार बुधबार २८ जना कोरोना संक्रमित थपिएकामध्ये एक(एकजना भारत, नेपाल र बंगलादेशका रहेको जनाइएको छ।
कुवेतका स्वासथ्यमन्त्रीले डा। बसिल अल(सबाहले नियमित पत्रका सम्मेलनका क्रममा २८ जना कोरोना संक्रमित थपिएको र जसमा एकजना नेपाली रहेको बताएका थिए।
कुवेतस्थित नेपाली दूतावासलेसमेत एक नेपालीलाई कोरोना संक्रमण भएको कुवेती सरकारले सूचना दिएको जनाएको छ। कुवेतामा कोरोना संक्रमण भएका नेपालीको उपचार पनि त्यहाँको सरकारले तोकेको अस्पतालमा हुने जनाइएको छ।
कुवेत स्वास्थ्य मन्त्रालयका अनुसा कुवेतामा कोरोना संक्रमितको संख्या ३१७ पुगेको छ। कुवेतमा ८० जनाको उपचार गरिएको जनाइएको छ भने २३७ कोरोना संक्रमितको उपचार भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये १४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ।