हेटौंडा, चैत्र २० । आजदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसको परीक्षण सुरु हुने भएको छ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज सन्देश जारी गर्दै हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण सुरु हुने जानकारी दिएका हुन्।
उक्त ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिने पौडेलले बताएका छन्।
मुख्यमन्त्री पौडेलले संसार कोरोनाको त्रास भइरहेको बेला नेपाल सरकारले चालेको दूरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट रोकिरहेको दावी गरेका छन्।
Facebook Comments


























