काठमाडौं, चैत्र १९ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ।
काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै निगमले आन्तरिक तर्फको हवाई उडानमा प्रति लिटर १५ रुपैया घटाएको छ । अब आन्तरिक हवाई इन्धनको मुल्य प्रतिलिटर ७५ कायम भएको छ।
त्यस्तै हवाई इन्धनको बाह्य उडानको मुल्य ०.९५ डलर प्रति लिटर कायम भएको छ। निगमले एलपी ग्यासको मुल्यभने यथावत राखेको जनाएको छ।
Facebook Comments


























