काठमाडौं, चैत्र १९ । विगत तीन दसकदेखि सुपरमार्केट सञ्चालन गर्दै आएको सेलवेज, सेल्सवेरी ब्राण्डले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि २५ लाख रूपैयाँ सहयोग गर्ने बताएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै नेपाललाई उच्च जोखिममा रहेको जानकारी गराइसकेकोले यसको रोकथामको लागि निजी क्षेत्रबाट पनि सहयोगको आवश्यकता पर्ने हुँदा सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा सहयोग गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्ग र कम्पनीको तर्फबाट उक्त रकम सहयोग गरिएको हो।

Facebook Comments


























