चितवन, चैत्र १९ । कोरोना भाइरस संक्रमणका कारण विश्वमा बुधवार दिउँसो सम्ममा ४२ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ। विश्वभर ८ लाख ६० हजार ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ।
अहिले सम्म विश्वमा १ लाख ७८ हजार ५ सय ४० जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन्।
बुधवारसम्म अमेरिकामा ४ हजार ५५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ८८ हजार ५९२ जनामा संक्रमण देखिएको छ। संक्रमितको हिसाबमा अमेरिका अबैभन्दा अगाडि रहेको छ।
त्यस्तै मृत्युका हिसाबमा इटलीमा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन्। इटलीमा अहिले सम्म १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ १ लाख ५७ हजार ९२ जनामा संक्रमण देखिएको छ।
स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन्।
Facebook Comments