गोरखा, चैत्र १९ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ अमलेका तुलबहादुर गुरूङ भरूवा बन्दुक पड्किँदा घाइते भएका छन्।
मङ्गलबार साँझ ५८ वर्षीय गुरुङ आफैले बोकेको बन्दुक पड्किँदा घाइते भएका हुन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
प्रहरीले घटनास्थलबाट एक थान बरुवा बन्दुक बरामद गरेको छ। घाइते भएका गुरुङले किन भरुवा बन्दुक बोके भन्ने खुलेको छैन। प्रहरीले घाइते गुरुङविरुद्ध हातहतियार तथा खरखजानाको कसूरमा मुद्दा दायर गरेर अनुसन्धान थाल्ने भएको छ।
Facebook Comments