हुनान, चैत्र १७ । चीनको मध्यमा रहेको हुनान प्रान्तमा सोमवार एक यात्रुवाहक ट्रेन पहिरोका कारण झरेको ढिस्कोमा ठोकिएपछि पटरीबाट खसेको छ। दुर्घटनामा परी अनेकौं यात्रु र रेल कर्मचारी घाइते भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटना मध्याह्नतिर ग्रामीण क्षेत्रमा भएको थियो। हालै भएका भारी वर्षाका कारण उक्त क्षेत्रमा पहिरो गएको रेलवे कार्यालयले जानकारी दिएको छ।
ट्रेनको एउटा डब्बामा आगो लागेको अनि पाँचवटा डब्बा पटरीबाट खसेको रेलवे सेवाको वक्तव्यमा उल्लेख गरिएको छ। यात्रु र कर्मचारीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। कोही पनि हताहत भएको खबर छैन।
ट्रेन जिनान शहरबाट ग्वान्जाओतर्फ जाँदै थियो। चीनका दक्षिणी, पूर्वी र मध्य भागमा एक हप्तादेखि लगातार पानी परिरहेको छ।
Facebook Comments