काठमाडौं, चैत्र १७ । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको छ।
मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाको उच्च अधिकारीले जानकारी दिए।
उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पनि ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको अनलाइनखबरलाई बताए।
अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय भइसकेको छैन।
Facebook Comments