चैत्र १६ । निर्माता किरण नेपाली नयाँ चलचित्र ‘२ नम्बरी’को निर्माण गरिरहेका छन्। तर, कोरोना त्रासका कारण यो चलचित्रको छायांकन स्थगित भएको छ। उनै, किरणको प्रस्तुतीमा तयार भएको चलचित्र ‘पोई पर्यो काले’ले भने युटुबमा दर्शकको राम्रो साथ पाएको छ।
यो चलचित्र युटुबमा सार्वजनिक भएको २ दिनमै २३ लाख बढीले हेरेका छन्। साथै, चलचित्र अहिले नेपालको नम्बर १ ट्रेन्डिङमा पनि छ। शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले रुचाएका छन्। यो चलचित्रले हलमा पनि राम्रो व्यापार गरेको थियो।
कात्तिकको ८ गतेबाट रिलिज भएको यो चलचित्रलाई हलमा प्रदर्शन भएको ५ महिनामै युटुब रिलिज गरिएको हो। यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ।
निर्माता नेपालीले हलमा र युटुबमा दर्शकको राम्रो साथ पाएको भन्दै खुशी व्यक्त गरे।


























