काठमाडौं, चैत्र १४ । जर्मन तथा युरोपियन मुलुकमा ३ सय ४ जना नागरिक लिएर कतार एयरवेजको जहाजले काठमाडौंबाट फ्रान्सका लागि उडान भरेको छ।
बिहान ९ बजेर ३५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अवतरण भएको कतार एयरवेजको ए ३३० जहाजले ३ सय ४ जना युरोपका विभिन्न देशको नागरिक लिएर गएको नेपाल नागरिक उड्डयन प्राधिकरकणमा महानिर्देशक राजन पोखरेलले जानकारी लिए।
उक्त जहाज जर्मन दूतावासले चार्टर गरेको थियो भने परराष्ट्र मन्त्रालय हुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विशेष पास लिएको थियो।
यसैगरी, भोलि शनिवार पनि कतार एयरको चार्टर जहाज नेपाल आउने पोखरेलले जानकारी दिए। भोलिको उडानमा पनि युरोपियन नागरिक नै जाने छ। जहाज चार्टर भने जर्मन दूतावासले गरेको हो।
Facebook Comments


























