नवलपरासी, चैत्र १३ । डकडाउनको मौका छोप्दै ओसारपसार गरिरहेको एक लागुऔषध कारोबारी पक्राउ परेका छन्।
बुधबार साँझ साढे ६ बजेको समयमा जिल्लाको सरावल गाउँपालिका ४ ललितपुरको भित्री सडकखण्डमा भारी मात्रामा लागु औषध ओसारीरहेको अवस्थामा प्रहरीले भारतीय मोटरसाइकल सहित एक कारोबारीलाई पक्राउ गरेको हो।
भारतको लक्ष्मीपुरबाट युपी १६ एच ७५७१ नम्बर प्लटेको मोटरसाईकलमा लुकाएर नेपाल छिराउँदै गरेका बर्दघाट नगरपालिका १३ भटौलिया बस्ने ५९ बर्षिय सुरेन्द्र चमारलाई प्रहरीले पक्राउ आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।
पक्राउ पर्ने चमारको साथबाट ५७६ टब्लेट स्पासमो, ६०० टब्लेट नाइट्रोभेट १०, ७० बोतल ओनरेक्स रहेको प्रहरीले जनाएको छ।
Facebook Comments