चितवन, चैत १३ । लकडाउनका कारण खाद्यन्न अभावमा रहेका मजदुरहरूलाई भगत मेटलले खाद्यन्न वितरण गर्ने तयारी गरेको छ।
१७ बोरा चामल, २ बोरा दाल र २ बोरा आलु खरिद गरि वितरण गर्ने तयारी गरेको भगत मेटलका सञ्चालक राजकुमार लामिछानेले बताए। खाद्यन्नको समस्यामा परेका परिवारलाई प्रतिपरिवार १० किलो चामल, एक किलो दाल र एक किलो आलु वितरण गरिने उनले बताए।
देश नै लकडाउन भएको समयमा खाद्यन्न अभावमा कोही पनि नपरुन भनेर सामाजिक उत्तरदायित्व अन्तर्गतको काममा हात हालेको उनको भनाइ छ।
Facebook Comments