चितवन, ११ चैत । चितवनबाट परीक्षणका लागि काठमाडौं पठाइएका सबै रिपोर्टमा ‘कोरोना भाइरस’को संक्रमण नभएको पाइएको छ। भरतपुरमा उपचार भइरहेका १० जना बिरामीको कोरोना परीक्षण गर्दा रिपोर्टमा ‘नेगेटिभ’ आएको हो।
आज विहान मात्रै भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो। सन्तोषसहित १० जनाको परीक्षणको लागि नमूना पठाउँदा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
अन्य बिरामीको भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments