काठमाडौं, चैत्र ८ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल फेसबूक लगायतमार्फत नेपालमा कोरोना भएको भन्दै भ्रम फैलाउने युवकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन्। उनले मोबाइलमार्फत भ्रमपूर्ण कुराहरु रेकर्ड गरी तयार पारेको अडियो सामाजिक सञ्जालमा शेयर गरेको भेटिएको छ।
Facebook Comments


























