काठमाडौं, चैत्र ७ । सरकारले कोरोना भाइरसको संक्रमणको त्रासका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी तथा वर्ग थपका कार्यहरु रोकेको छ। अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा नहुने यातायात व्यवस्था विभागले जनाएको छ।
यद्यपि नवीकरण तथा प्रतिलिपि प्रदान गर्ने काम भने सुचारु रहेने विभागले जारी गरेको सूचनामा उल्लेख छ। विभागले सूचनामा चैत १३ गतेबाट लाइसेन्स जारी तथा वर्ग थपका कार्यहरु रोेकिने जनाए पनि आजैबाट राकिसकेको छ।
लिखित परीक्षा उत्तिर्ण गरेर आज बिहान ९ट्रायल० दिन विभागले तोकेको ट्रायस सेन्टर पुगेका परीक्षार्थीहरु दुई घण्टा कुरेर स्थगित भएको सूचना पाएपछि फर्किएका थिए।
Facebook Comments






















