चैत्र ६ । ‘गेम्स अफ थ्रोन्स’ जस्तो चलचित्रमा काम गरिसकेकी हलिउड नायिका एमिलिया क्लार्कले आफूलाई नायकसँग डेट गर्न मन नलाग्ने बताएकी छिन्।
हालै, मिडिया अन्र्तवार्तामा उनले भनिन्–‘मैले पहिले नायकसँग डेट गरेकी थिएँ। तर, अब मलाई यसमा रुची छैन। किनकी, नायकसँगको प्रेम लामो समय टिक्दैन। अब मेरो नायकसँग प्रेम नै हुँदैन भन्ने होइन। तर, नायकसँगको प्रेम लामो समयसम्म नटिक्ने भएकाले पनि मलाई डर लाग्छ।’
एमिलियाले आफूसँग निकै नै रमाइला घटनाहरु भएको भन्दै कुनै समयमा फेरि बताउने मिडियालाई जानकारी दिइन्।
एमिलियाले सानै उमेरमा २ पटक ब्रेन सर्जरी गरेको एक अंग्रेजी पत्रिकाले उल्लेख गरेको छ। तर, एमिलियाले यो कुरा अहिलेसम्म कसैलाई पनि बताएकी छैनन्।
यस बिषयमा एमिलिया भन्छिन्–‘म यो चाहन्न कि मानिसहरुलाई म माथि दया पलाओस्। यो कुरा बाहिर आउँदा मानिसहरुले मेरो दुखको कथा भन्नेछन्। म अब, यो रोग संझन पनि चाहन्नँ।’

























