काठमाडौं, चैत्र ६ । नेपालस्थित संयुक्त राष्ट्र जनसंख्या कोष ‘यूएनएफपीए नेपाल’ले कोरोना भाइरसको संक्रमण रोक्ने ७ तरिका सार्वजनिक गरेको छ।जनचेतनामूलक भिडियोमार्फत यूएनएफपीए नेपालले संक्रमण रोक्ने ७ तरिका सार्वजनिक गरेको हो।
यूएनएफपीए नेपालले सार्वजनिक गरेको कोरोना संक्रमण रोक्ने ७ तरिका यस्ता छन्ः
१) नियमित रुपमा साबुन–पानीले राम्ररी हात धुने।
२) हातले आँखा, मुख र नाक नछुने।
३) खोक्दा वा हाँछ्यु गर्दा कुहिनो वा टिस्यु पेपरले नाक र मुख छोप्ने।
४) भिडभाडबाट टाढै रहने।
५) यदि तपाइँ बिरामी हुनुहुन्छ भने वा सामान्य ज्वरो–खोकी लागे घरमै बस्ने।
६) यदि तपाइँलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा समयमै स्वास्थ्यकर्मी कहाँ जाने, तर जानु अगाडि फोन गरेर मात्र जाने।
७) विश्व स्वास्थ्य संगठनबाट नयाँ सूचनाहरु पढ्ने।
Facebook Comments





















