डडेल्धुरा, चैत्र ६ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं १ मा ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका आधादर्जन गाइको शव र कंकाल भेटिएको छ।
सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्ठामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो। देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ। ५ वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन्।
मारिएका गाईहरू दुई वर्षभित्रका रहेको पशुसेवा प्राविधिकले जनाएका छन्।
Facebook Comments

























