भारत, चैत्र ६ । विश्वभर फैलिएको कोरोनाभाइरसले अहिले सबैलाई त्रसित बनाइरहेको छ। यसैक्रममा भारतका कोरोनाभाइरस संक्रमित एक व्यक्तिले आफ्नो ज्यान लिएका छन्। आफु कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफ्नो ज्यान फालेका हुन्।
दिल्लीको सफरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आफ्नो ज्यान फालेका हुन्। भारतिय मिडियाका अनुसार उनी हालै अस्ट्रेलियाबाट फर्केका थिए। उनलाई बुधबार राति विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो। एजेन्सी
Facebook Comments

























