काठमाडौं, चैत्र ६ । मुटुमा समस्या भएको महशुष भएपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्।
राति ७ बजे अस्पताल पुगेका भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ। प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।
‘डा. साब ब्याक पेन र मुटुमा असजिलो भएपछि अस्पताल आउनुभएको थियो,’ पोखरेलले भने, ‘सबै ठीकठाक देखिएकाले आजै घर जाने तयारीमा छौं।’
भट्टराईको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले उपचार गरेको थियो। उनलाई चिकित्सकहरुले मसल पेन भनेका छन्। यद्यपि उनको मुटुको चाल चिकित्सकको निगरानीमा राखेर अध्ययन गरिदै छ।
Facebook Comments

























