चैत्र ५ । एएफसी महिला फुटसल च्याम्पियनसिप कुवेतमा आयोजना हुने भएको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को बोर्ड बैठकले एएफसी महिला फुटसल च्याम्पियनसिप कुवेतमा गर्ने निर्णय गरेको हो। यस्तै एएफसी महिला क्लब फुटसल च्याम्पियनसिप युएईमा आयोजना गर्ने निर्णय गरेको छ।
तर, महिला च्याम्पियनसिप र क्लब च्याम्पियनसिपको टिम, मिति र खेल तालिका भने आएको छैन। एएफसीले जसको निर्णय अर्को महिना सार्वजनिक गर्ने जनाएको छ।
विश्वभर फैलिएको कोरोना भाईरसको कारण तुर्किमिनिस्तानमा हुने भनिएको पुरुषको एएफसी फुटसल च्याम्पियनसिप भने स्थगित भएको छ। यस्तै लिथुनियामा तय भएको फिफा फुटसल विश्वकप समेत सरेको छ।
Facebook Comments


























