काठमाडौं, चैत्र ५ । काठमाडौवाट सर्जिकल मास्क बरामद भएको छ। कोरोना भाइरसको सन्त्रास बढिरहेको बेला मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले काठमाडौको सानो र्भयााङबाट १० लाख थान मास्क बरामद गरेको हो।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो। पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
कोरोनाको सन्त्रास बढेसंगै संघिय राजधानी काठमाडौं लगायत मुख्य शहरमा माक्सको कालो बजारी सुरु भएको छ।
Facebook Comments


























