चैत्र ५ । हरेक मानिसमा खानपानको आ–आफ्नै शोख हुन्छ। कसैलाई फलफुल, कसैलाई माछामासु त कसैलाई गेडागुडी मन पर्दछ।
केहि मानिसलाई भटमास वा भटमासजन्य खाद्य सामाग्री मनपर्छ। विशेषगरि दक्षिण एसियामा पाईने भटमासलाई प्रोटिनको स्रोत मानिन्छ। यस अलावा भटमासमा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ। भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ। जो शरीरलाई फिट राख्न धेरै महत्वपुर्ण हुन्छ।
धेरै शारीरिक व्यायाम गर्ने तथा शरीरका लागि अत्यधिक प्रोटीन चाहिने ब्यक्तिका लागी अत्यन्त फाइदाजनक भटमास केहि रोगका बिरामीका लागी भने हानिकारक हुन्छ। भटमासमा हुने ट्रान्स फ्याटले हाई कोलेस्ट्रोल तथा मुटुको रोग समेत निम्त्याउँन सक्छ।
कसकसले खानु हुदैन न त भटमास ?
१) गर्भवती वा स्तनपान गराइरहेकी महिलाले भटमास खानु हुदैन। भटमासमा पाइने एमिनो एसिडले यस्ता महिलालाई रिंगटा लगाउने तथा दुध पिउने शिशुमा अपच हुने समस्या निम्तिन्छ।
२) छालाको रोग भएकाहरुले पनि भटमास खानु हुदैन। यस्ता मानिसले भटमास खाएमा छाला सम्बन्धी रोगका साथै चिलाउने समस्या आइपर्छ।
३) भटमासमा हुने फीटोएस्ट्रोजन नामक केमिकलले मिर्गौला सम्बन्धी रोग भएका ब्यक्तिलाई नकारात्मक असर पार्दछ। यो केमिकलले किड्नी फेल हुने खतरा हुन्छ।
४) मूत्राशयको क्यान्सर भएका ब्यक्तिले पनि भटमास खानु हानिकारक हुन्छ।
५) मधुमेह लागेका ब्यक्तिले पनि भटमास खानु हुदैन। भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ।
























