दिल्ली, चैत्र ३ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार सामाजिक, धार्मिक र राजनीतिक भेलामा ५० भन्दा धेरै मानिसहरु भेला हुनमा प्रतिबन्ध लगाएका छन्।
तर यसबाट विवाह समारोहलाई अलग राखिएको छ। अरविन्द केजरीवालले आग्रह गरेका छन् कि सकिन्छ भने मानिसहरुले विवाह समारोहलाई समेत केही दिनका लागि स्थगित गरुन्।
संक्रामक बिमारी एक्ट १८९७ का अनुसार यो प्रतिबन्ध तत्काल लागु भएको छ। यसको असर नागरिकता संशोधन कानूनका विरुद्ध भइरहेको विरोध प्रदर्शनमा पनि पर्ने छ। दिल्लीको शाहीन बागमा अब प्रदर्शन गर्न पाइने छैन।
दिल्लीका मुख्यमन्त्रीले भनेका छन् कि यदि ५० भन्दा धेरै मानिस प्रदर्शनस्थलमा भेला भएमा उनीहरुविरुद्ध संक्रामक बिमारी एक्ट १८९७ का अनुसार इलाकाका डीएमले कारबाही गर्ने छन्।
अरविन्द केजरीवालले पत्रकार सम्मेलनमा भने, ‘हामीले स्कुल, कलेज,सिनेमा घर र स्विमिंग पुल पहिले नै बन्द गरिसकेका छौँ, आज जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका छौँ।’
संक्रमणको फैलावट रोक्नका लागि यस्तो गर्नुपरेको केजरीवालले बताए।


























