चितवन , चैत ०३। वे ग्रुपले विभिन्न समाजिक संस्थाहरुमा मास्क वितरण गरेको छ। भरतपुरमा रहेका आदर्श गृह , मानवसेवा आश्रम ,हाम्रो घर, साहाराको घर र पिटु सिटुमा कोरोना भाइरस सम्बन्धी सचेतना मुलक कार्यक्रम सँगै मास्क वितरण गरेको हो। कार्यक्रममा १५० थान माक्स र ५ थान हेण्ड सेनिटाइजर वितरण गरेको थियो। छुट्टा छुट्टै समुह बनाइ एकै समयमा ५ स्थानमा कार्यक्रम भएको थियो।

‘आशा छ हाम्रो यो प्रयासले समाजमा केही सकरात्मक सन्देश दिनेछ’ ग्रुपका अध्यक्ष भोज नारायण कंडेलले भने। हप्ताको एक दिन एक छिन समाजको लागि अभियान अन्तर्गत ग्रुपले स्वास्थ्य र सरसफाई सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ।
Facebook Comments

























