चैत्र ३ । यस वर्षको प्रतिक्षित चलचित्र हो, ‘केजिएफ २’। निकै सफल चलचित्र ‘केजिएफ’को सिक्वोल चलचित्र भएका कारण पनि यस चलचित्रलाई दर्शकले निकै प्रतिक्षा गरिरहेका छन्।
यस्तैमा चलचित्रले रिलिज मिति पक्का गरेको छ। निर्माण पक्षले आउँदो अक्टुबर २३ लाई रिलिज मिति तय गरेको छ। निर्माण टिमले सामाजिक संजालमा पोष्ट गर्दै चलचित्रको रिलिज मिति बताएका हुन्।
केजिएफबाट स्टार बनेका अभिनेता यश नै केजिएफ २ मा मुख्य अभिनेता हुन्। यस चलचित्रमा उनको भूमिका अझै शसंक्त रहेको बताइएको छ। चलचित्रमा यशसँगै संजय दत्त र श्रीनिधि शेट्ठीको मुख्य भूमिका रहने छ।
प्रशन्त निलको निर्देशनमा रहेको चलचित्रलाई विजय किर्गान्दुरले निर्माण गरेका हुन्। यस चलचित्र ५ भाषामा रिलिज हुनेछ।
Facebook Comments

























