काठमाडौं, चैत्र २ । कोरोना भाइरसको संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएका छन्।
मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसको संक्रमण रोकथामबारे भइरहेको गतिविधिको जानकारी लिन र एकीकृत कार्यक्रम तय गर्न छलफल बोलाइएको छ। छलफल दिउँसो एक बजे सिंहदबारमा हुँदैछ।
सरकारले स्थलगत आवागमनका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने देखि उच्च संक्रमण भएको मुलुकसँगको उडान समेत रोकेको छ। प्रदेश सरकारहरुले पनि संघीय सरकारकै नीति अनुरुप कोरोना भाइरसको संक्रमण रोकथामबारे कार्यविधि समेत बनाइसकेको छ।
Facebook Comments


























