अमेरिका, चैत्र १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण संकटकालको घोषणा गरेका छन्।
अमेरिकामा कोरोना भाइरसको प्रकोपले विकारालरुप लिन थालेपछि अमेरिकि राष्ट्रपति ट्रम्पले देशमा अनिश्चितकालिन संकटकालको घोषणा गरेका छन्। तीन दिनअघि मात्र युरोपियन मुलुक आवत जावतमा रोक लगाएका ट्रम्पले शुक्रवारदेखि संकटकाल घोषणा गरेका हुन्।
संकटकाल घोषणा गरेलगतै ट्रम्पले आपत राहतका लागि ५० अर्ब डलर खर्च गर्ने उदघोष पनि गरेका छन्। अलग अलग राज्यमा सरकार र प्रशासनबीच राम्रो समुन्वय गरेर कोरोनाबिरुद्ध लड्ने उद्घोष पनि ट्रम्पले गरेका छन्।
शुक्रवार पत्रकार सम्मेलन गरी ट्रम्पले सवै मानिसलाई सरसफाईमा ध्यान राख्न, अति जरुरी बाहेका यात्रामा ननिस्किन र समुह बनाएर कुरा नगर्न आग्रह गरेका छन्। आउने हप्ताहरु निकै महत्वपूर्ण भएकोले कोरोना भाइरस फैलिनमा सहयोग गर्न सवैलाई आग्रह गरेका छन्।
संकटकाल लगाए लगतै अमेरिकाले पानी जहाज र क्रूज़मा पनि रोक लगाएका छन्। मेरो आग्रह छ कि कार्निवल, रॉयल कैरिबियन, नर्वेजियन र एमएससीबाट अमरिका आउने जाने जहाज र क्रूज़को ३० दिनतक रोक लगाइएको छ, मोदीले ट्वीटमा भनेका छन्।


























