राजस्थान, चैत १ । भारतको राजस्थानमा दर्दनाक सडक दुर्घटना भएको छ।
राजस्थानको जोधपुरमा एक ट्रेलर ट्रकले जिपलाई टक्कर दिदा ११ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा चार पुरुष, ६ महिला र एक जना बच्चा रहेका छन्।
ट्रेलर ट्रकले जीपलाई टक्कर दिएपछि ट्रक जिपमाथि चढेको थियो। दुर्घटना स्थलमा क्रेनको मद्धतले ट्रक र जिपलाई अलग अलग गरिएको र मृतक तथा घाइतेलाई बाहिर निकालिएको थियो। घटनामा एक नवविवाहित जोडी समेत परेको बताइएको छ।
Facebook Comments


























