फागुन ३०। आईसीसी विश्वकप लिग-२ अन्तर्गत छैठौं चरणको सिरिज अनिश्चित समयका लागि स्थगित भएको छ। महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा तय भएको छैठौं चरणको सिरिज स्थगित भएको हो।
लिग-२ को छैठौं चरणको सिरिजमा अमेरिकाले यूएई र स्कटल्याण्डलाई आतिथ्यता प्रदान गर्ने तालिका थियो। फ्लोरिडामा अप्रिल १ देखि ६ सम्म संचालन हुने सिरिज स्थगित गरिएको अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जनाएको छ।
आईसीसीले अमेरिका क्रिकेट बोर्ड, युएई क्रिकेट बोर्ड र स्कटल्याण्ड क्रिकेट बोर्डसंग छलफलसंगै सिरिज स्थगित गर्ने निणय लिएको हो। अनियन्त्रित रुपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले बिभिन्न राष्ट्रको अन्तराष्ट्रिय विमान आगमन बन्द गरेको छ।
यस्तै, नेपालले लिग-२ अन्तर्गत सातौं सिरिज नामिबियामा खेल्दै छ। अप्रिल २० देखि सुरु हुने भनिएको सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड रहेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता सन् २०२३ मा आयोजना हुने विश्वकप पुग्ने बाटो समेत हो। लिग–२ मा सात देश रहेका छन्।
२०१९ को अगष्टबाट सुरु भएको लिग–२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन्।
एउटा टिमले लिग–२ मा ३६ वटा एकदिवसीय खेल खेल्नेछ। लिग–२ को शीर्ष ३ टिमले २०२३ को विश्व कप छनोटमा सिधै स्थान बनाउने छन्। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











