क्यानडा, फागुन ३० । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडुकी पत्नी सोफिया जर्जियालाई कोरोनाको संक्रमण पुष्टि भएको छ। पत्नी जर्जियालाई कोरोनाको संक्रमण भएपछि १४ दिनका लागि सेल्फ आइसोलेसनमा छन्।
जर्जियालाई कोरोनाको सामान्य लक्षण देखिएको र अहिले उनको अवस्था ठिकै रहको र १४ दिनसम्म आइसोलेसनमा बस्न प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ। स्वास्थ्य अधिकारीहरुले उनीसँग नजिक रहेका व्यक्तिहरुको खोजी भइरहेको बताइएको छ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो छ। उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन। पूर्व सावधानी र चिकित्सकहरुको सुझाव अनुसार उनी पनि १४ दिनको सेल्फ-आइसोलेसनमा बस्ने भएका छन्।”
उनलाई कुनै पनि लक्षण नदेखिएकोले अहिलेसम्म उनको कोरोना जाँच नगरिएको बताइएको छ। उनले आफ्ना नियमित कामहरु भने जारी राख्नेछन्। नोभोल कोरोना भाइरसले तीव्र रुप लिँदै गर्दा विभिन्न कम्पनीका कर्मचारीहरुले घरबाटै काम गर्न थालेका छन्। सीएनएन

























