काठमाडौं, फागुन २९ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी खेलाडीको वरीयतामा नेपालका पारस खड्काको वरीयता खस्किएको छ। आईसीसीले सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता खस्किएको हो।
ब्याटिङ वरीयतामा पारस ७५ औं स्थानमा रहेका छन्। यसअघि उनी ६३ औं स्थानमा रहेका थिए। थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा खराब प्रदर्शन गरेपछि पारसको वरीयता झरेको हो।
नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयतामा भने दुई स्थान सुधार भएको छ। नयाँ वरीयतामा सन्दीप ८४ औं स्थानमा उक्लिएका छन्। यस अघि सन्दीप ८६ औं स्थानमा रहेका थिए।
पारसको अलराउण्डरतर्फको वरीयता यथावत रहदा करण केसीको वरीयता भने खस्किएको छ। पारस २६ औं र करण ८८ औं स्थानमा रहेका छन्।
यस्तै सोमपाल कामीको अलराउण्डतर्फको वरीयता यथावत रहेको छ। उनी ७३ औं स्थानमा रहेका छन्।
टी-ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ। यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











