फागुन २९ । मिटु मामिलामा फसेका महशुर हलिउड सिनेमा निर्माता हार्वी वीस्टीनलाई २३ वर्षको कैद सजाय सुनाइएको छ।
न्यूज एजेन्सी एनएनआईका अनुसार यौन उत्पीडन तथा बलात्कारको मामिलामा दोषी ठहर भएका चर्चित वीनस्टीनलाई न्यूर्योकको एक अदालतले २३ वर्षको कैद सजाय सुनाएको हो।
सुनुवाइका लागि वीनस्टीन बुधबार ह्वीलचेयरमा अदालत उपस्थित भएका थिए। हार्वी वीस्टीन विरुद्ध हलिउडका केही चर्चित अभिनेत्रीसहित करिब १ सय बढी महिलाहरुले यौन शोषणको आरोप लगाएका थिए। त्यसपछि मिटु क्याम्पियन मार्फत धेरै महिलाहरुले आफ्नो कुराहरु सोसियल मिडियामा राखेका थिए। यस क्याम्पियनले संसारभर तहल्का मच्चाएको थियो।
अदालतको यो निर्णयमा मिटुको विश्वव्यापी महिला आन्दोलनमा संलग्नहरूले स्वागत गरेका छन्। उनका वकिलहरूले उमेर र सिनेमा क्षेत्रका लागि वीनस्टीनले दिएको योगदानका लागि उनको सजाय घटाउन माग गरेका थिए। हार्वे वीनस्टीनलाई अत्यन्तै शक्तिशाली चलचित्र निर्माता मानिन्छ। वीनस्टीनले प्रोडक्शन गरेका ८१ वटा चलचित्रहरुले ओस्कर अवार्ड पाएका छन्।
गत महिना भएको न्यूयोर्क अदालतको पाँच महिलासहित सात पूरूषको उजुरीले पाँच दिनसम्मको विचार विमर्शपछि वीनस्टीनलाई ‘थर्ड डिग्री रेप’, र ‘फस्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी ठहर गरेको थियो। उनीमाथि अहिले पनि दुई महिलालाई बलात्कार र यौन हमला गरेको मुद्दा लस एन्जल्समा चलिरहेको छ। एजेन्सी


























