फागुन २९ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ। कोरोनाको संक्रमण बढेसंगै ४ हजार ६ सय ३३ जना मानिसको ज्यान गइसकेको छ।
एक लाख २६ हजार बढी संक्रमित छन्। तर अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लगाउन सकिएको छैन। तर वैज्ञानिकद्धारा कोरोना संक्रमणमा एक सफलता भने प्राप्त गरेका छन्।
कोरोना भाइरस विरुद्धको लडाइँमा वैज्ञानिकले पाएको सफलता भनेका कोरोना भाइरसको वास्तविक तस्वीर अर्थात रियल फेस पत्ता लागेको छ। चीनको सेनझेन थर्ड अस्पतालले कोरोना भाइरसको असली अनुहार सार्वजनिक गरेको हो।
अत्याधुनिक माइक्रोस्कोपको प्रयोग गरी कोरोना भाइरसको वास्तविक उपस्थिति देखाउने पहिलो तस्वीर क्यामरामा कैद गरि बाहिर ल्याइएको छ।
हालसम्म कोरोना भाइरसको नाममा प्रयोग हुँदै आएका अन्य तस्वीर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको प्रतिकात्मक तस्वीर हो। कोरोना भाइरसको वास्तविक तस्वीर पत्ता लागेसंगै यो भाइरसको उपचार पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ।


























