काठमाडौं, फागुन २९ । आज विश्व मिर्गौला दिवस। मिर्गौला स्वास्थ्यको लागि विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरि नेपालमा पनि यो दिवस मनाईदै छ।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरेको छ। यस वर्षको दिवसको नारा ‘मिगौंला स्वास्थ्य सबैको लागि, सबै ठाउँमा–रोकथामदेखि पहिचान र उपचारसम्म समान पहुच’ भन्ने रहेको छ।
डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८५ करोड मानिसमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या रहेको छ।
हरेक १० जना वयश्कमध्ये एक जनामा मिगौंला समस्या देखिने गरेको तथ्यांक छ। दैनिक व्यायाम, स्वस्थ खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिए मिर्गौला समस्याबाट बच्न सकिने चिकित्सकहरु बताउछन्।
पछिल्लो समय बढिरहेको बिलासी र सुस्त जिवनशैलीले नेपालमा पनि मिर्गौला रोगीहरु बढिरहेका छन्।
सरकारले मिर्गौला फेल भएका तथा प्रत्यारोपण गरेका विरामीलाई निशुल्क डायलासिसको घोषणा गरेपनि देशभर यो सेवा दिने अस्पतालको भने अभाव छ।

























