फागुन २९ । युभेन्ट्सले ईटालीका सेन्टर ब्याक डेनियल रुगानीमा कोरोना भाईरसको सक्रमण भेटिएको बताएको छ।
परिक्षणको क्रममा उनमा कोरोनाको पोजेटिभ संकेत देखिएको भन्दै क्लबले ईटालियन डिफेन्डर भाईरसबाट संक्रमित भएको बताएको हो।
सिरि ए क्लबले कानुन अनुसार उपचारको सबै प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ। साथै रुगानीसंग सम्पर्कमा रहेको सबै ब्यक्तिलाई बिशेष निगरानीमा राखिएको जनाएको छ।
क्लबले २५ बर्षिया रुगानीको अवस्था सुधारोन्मुख रहेको क्लबले बताएको छ।कोरोनाकै कारण ईटालीमा अप्रिल ३ सम्म सबै खेल गतिविधि बन्द गरिएको छ।
रुगानीले यस सिजन युभेन्ट्सबाट ७ खेल खेलेका थिए। बन्द रंगशालामा खेलिएको पछिल्लो खेलमा उनी बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। सो खेल युभेन्ट्सले २–० ले जितेको थियो।
क्लबले भाईरसबाट सावधानीका लागि अपनाउनुपर्ने सबै प्रक्रिया अघि बढाएको समेत जनाएको छ। रुगानीले युभेन्ट्सबाट चार सिरि एको उपाधि जितेका छन्। उनले ईटालीबाट ७ पटक खेलेका छन्।
आईतबार उनले ड्रेसिङ रुममा ईन्टरबिरुद्धको खेलको जितमा खेलाडीले खुसी मनाएको फोटो पोस्ट गरेका थिए। बुधबार मात्र ईटालीको सरकारले फैलदो संक्रमणलाई ध्यानमा राखेर सबै खेलकुद गतिविधि स्थगित गरेको थियो।
ईटालीमा कोरोनाका १२ हजार संक्रमित देखिएका छन्। जसमा ८ सय २७ जनाको मृत्यु भएको छ। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











