पोखरा, फागुन २८ । विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।
पुलिसको जितमा निर कुमार राईले दुई गोल गरे। यस्तै भरत शाहले एक गोल थपे।
साविक विजेताविरुद्ध खेलको दशौँ मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो। दुवै गोल निर कुमारको नाममा रह्यो।
खेलको ५१ औं मिनेटमा निरले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे। त्यसपछि खेलको ७२ औं मिनेटमा निरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-० को सहज जित दिलाए।
पुलिसका निर म्यान अफ दि म्याच चुनिए।
अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











