काठमाडौं, फागुन २८ । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ (अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्म) का प्रथम प्रयोगकर्ताहरूलाई सम्मान गरेको छ । प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेता कम्पनीको रुपमा बिएल स्टिल प्रालिलाई सम्मान गरेको हो।
‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो। आवद्ध बैंकहरूले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँदै आएको छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दै आएको छ।

‘क्वीक भुक्तानी’ले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता क्रेता कम्पनी र ती कम्पनीसँग आवद्ध बैंकलाई एकै ठाउँमा ल्याउने काम गर्दछ। हालसम्ममा क्वीक भुक्तानी प्लेटफर्र्ममा लक्ष्मी बैंक र मेगा बैंक आवद्ध छन् भने अन्य बैंकहरु पनि आवद्ध हुने प्रक्रियामा छन्। एफवान सफ्टले अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास लिएको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











