काठमाडौं, फागुन २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमाबाट संकलित प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिने बताएका छन्। संसदको अर्थ समितिमा बिमा बिधेयकमाथि भएको छलफलमा बोल्दै मन्त्री खतिवडाले बिमा कम्पनीहरुको प्रिमियमलाई पुँजी बजारमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन्। यसले पुँजी बजारको विकास र स्थायित्वमा निकै सहयोग पुग्ने पनि अर्थमन्त्रीले बताए।
अर्थ समितिमा बिमा ऐनलाई संशोधन गर्न बनेको ऐनका सम्बन्धमा छलफल गर्न आयोजित कार्यक्रममा उनले भने, ‘नयाँ बिमा कम्पनीहरु पनि थपिएका छन्। बिमा कम्पनीहरुबीच प्रतिस्पर्धा बढेको छ। फलस्वरुपः बिमाको बजार पनि थप फराकिलो हुँदै गइरहेको छ। यस्तो अवस्थामा सिंगो बिमा क्षेत्रको नियमनका लागि शक्तिशाली बिमा प्राधिकरणको अवधारणा पनि बिमा ऐनमा अगाडि बढाइएको छ।’
अर्थमन्त्री खतिवडाले बिमा सम्बन्धि सबै काम एकद्वार प्रणालीमा ल्याउने प्रक्रिया अघि बढेको पनि जानकारी गराए। संघ, प्रदेश र स्थानीय तहमा बिमा बजारको विकास र विस्तार गर्नुपर्ने भन्दै उनले हालसम्म एक चौथाई जनसंख्या मात्र बिमामा समेटिएको उल्लेख गरे। यस आधारमा बिमा बजार विस्तार हुने अझै पर्याप्त स्थान रहेको देखिन्छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











