फागुन, २८ । कोरोना भाइरस सँसारका आधा भू भागमा फैलिइसकेको छ। विश्वका ७० भन्दा बढी मुलुकका झण्डै एक लाख मानिसहरु संक्रमित भइसकेका छन्। मनेको संख्या ३० हजार नाघिसकेको छ। दुई महिना अघि चीनबाट देखापरेको भाइरसको लक्षण के हो ? यसबाट कसरी बच्न सकिन्छ।
यो सामान्य ज्वरोबाट थाहा हुन्छ। ज्वरोपछि सुख्खा खोकी लाग्छ। एक हप्तापछि स्वास फेर्न कठिन हुन्छ। यसले मानिस सिकिस्त विरामी भने पर्दैन। सामान्य नै देखिन्छ। सामान्य रुघाखोकी र ज्वरो आउँदाको जस्तै हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार टाउको दुख्ने, खोकी लाग्ने, मांशपेशी दुख्ने, स्वास फेर्न कठिन हुने, ज्वरो आई थकान महशुश हुने यसका मुख्य लक्षण हुन्।
केही रोगीलाई कोरोना भाइरसले निमोनिया समेत गराउन सक्छ। स्वासप्रस्वासको रोग लागी बहुअंगले काम गर्न छाडेर ज्यान जान सक्छ। विश्व स्वास्थ्य संगठनले १४ दिन भाइरसको संक्रमणको असर देखिने उल्लेख गरेको छ। केही अनुसन्धानले २४ दिन भनेको छ।
बच्ने उपाय
नियमित हात धुनुपर्छ। यो रोग संक्रमित व्यक्तिबाट बढी फैलन सक्छ। त्यसैले एक आपसमा हात मिलाउने, नजिक बस्ने गर्दा निकै ध्यान दिनुपर्छ। खोकी लाग्दा र हाच्छिउ गर्दा मुख छोपेर गर्नुपर्छ।
खोकी लाग्दा र हाच्छिउ गर्दा प्रयोग भएका टिस्यु अथवा रुमालको सही व्यवस्थापन गर्नुपर्छ। एजेन्सी























