फागुन २८ । सन् २००८ मा रिलिज भएको आमीर खानको चलचित्र ‘गजनी’ मा उनले १५ मिनेटमा विर्स्ने गर्थे। १५ मिनेटपछि उनि सम्झनको लागि फोटो वा आफ्नो शरीरमा खोपिएको ट्याटु हेर्ने गर्थे। तर, मानिसहरु सामन्य हिसाबमा यसरी भने बिर्सँदैनन्।
बिर्सने समस्या धेरैलाई नौलो समस्या होइन। मानिसहरु आफ्नो विभिन्न सामाग्रीहरु निस्कने बेलामा घरमा नै बिर्सिरहेका हुन्छन्। साथमा बोक्नुपर्ने र सम्झनुपर्ने कुरा धेरै भएको कारण पनि मानिसमा यो समस्या धेरै देखिन्छ।
यस किसिमको बानीबाट पार पाउन एक व्यक्तिले एक अनौठो किसिमको उपाय खोजेका छन्। भियतनामका एक युवक धेरैजसो आफ्नो आईडिकार्ड बिर्सिने गर्थे। उनले यो समस्याको समाधानको लागि आफ्नो हातमा आईकार्डको ट्याटु बनाएका थिए।
प्रतिवेदनअनुसार उनको सो योजना त्यतिबेला खुलेको थियो, जतिबेला उनी साथीको क्लबमा गएका थिए। क्लबका मानिसहरुले उनलाई मदिरा दिन अस्वीकार गरेका थिए। उनले आफ्नो कार्ड घरमा बिर्सेर आएका थिए। सो सामाजिक सञ्जालमा ट्याटुको तस्वीर भाइरल भएको थियो।

























