लहान, फागुन २८ । प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी २७ वर्षीय मोहमद मुम्ताजलाई पक्राउ गरेको हो।
पक्राउ परेका मुम्ताजको साथबाट नाइट्राजेपान आठ थान, नाइट्राभेट ४५ थान बरामद भएको प्रहरीले जनाएको छ।
Facebook Comments

























