इस्लामावाद, फागुन २८ । पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हिमपहिरोमा कम्तीमा २० जना घाइते भएका छन्। खैबर पख्तुनख्वा प्रान्तको नाथिया गली क्षेत्रअन्तर्गत गुण्ड्ला गाउँमा हिमपहिरो गएको हो।
घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ। घाइते अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ।
हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ। हिमपहिरोमा अरु धेरै मानिसहरु फसेको र उनीहरुको उद्धार कार्य जारी रहेको जनाइएको छ।
Facebook Comments


























