काठमाडौं, फागुन २८ । यातायात व्यवस्था विभागले टुटल र पठाओ लगायत सेवा बन्द हुनेगरी सूचना जारी गरेको छ।
निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले विभिन्न माध्यमबाट आफुखुशी भाडा तोकी सार्वजनिक सवारीको रुपमा प्रयोग गरेको भन्दै बन्द गर्न सूचना जारी गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ को उपदफा १ बमोजिम यस्ता सेवा बन्द गर्न सूचना जारी गरेको हो।
कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था अनुसार, यस्ता सेवा रोक्न विभागले आग्रह गरेको छ। यदि, कसैले प्रयोग गरेको पाइएमा कार्बाही गरिने सूचना जारी गरिएको छ।
विभागको निर्णय कडाईका साथ लागू गर्न समेत निर्देशन दिइएको छ।
Facebook Comments


























