फागुन २८ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ। सिटीको घरेलु मैदानमा बुधबार तय भएको खेल स्थगित भएको हो।
विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिटी र आर्सनलबीचको खेल स्थगित भएको बीबीसीले जनाएको छ। कोरोनाको कारण पछिल्लो समय युरोपियन क्लब फुटबल प्रभावित हुँदै आईरहेको छ।
इटालीमा सम्पूर्ण खेल गतिविधि बन्द भएको छ भने अन्य राष्ट्रमा दर्शक विना बन्द रंगशालामा खेल भईरहेको छ। एजेन्सी
Facebook Comments


























