फागुन २७। भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण ५० भन्दा बढी मानिसमा देखा परेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। मंगलबारमात्रै भारतको दक्षीण पश्चिम भागमा ९ जना मानिसमा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएको छ। त्यसमध्ये तीनवटा केस भारतको कर्नाटकमा दर्ता भएको राज्यको स्वास्थ्य र परिवार कल्याण आयुक्त पंकज पाण्डेले जनाएको छ त्यसैगरि छ वटा केस भारतको केरेल राज्यमा देखा परेको पुष्टि भएको छ।
कोरोनाको संक्रमण फैलिन नदिन केरेला सरकारले विद्यालय र आगामी हुने परिक्षा तत्कालको लागि स्थगित गरेको उच्च सरकारी अधिकारीले डा।अमर फिटलले जनाएको छन्।
केरेलाका मुख्य मन्त्री पिनाराई भिजायनले मार्च ३१ सम्म सामूहिक कार्यक्रमहरु स्थगित गर्न सुझाव दिएका छन्। साथै कोरोनाको सचेतना मुलक कार्यक्रमलाई तीव्रता दिने घोषणा समेत गरेका छन।
Facebook Comments


























