भोजपुर, फागुन २६ । भोजपुरको तिवारीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
भोजपुरको मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो जीप तिवारीभञ्ज्याङमा आज विहान दुर्घटना भएको हो। घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments


























