अस्ट्रिया, फागुन २६ । अस्ट्रियामा हिम पहिरो जाँदा कम्तिमा ६ जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अस्ट्रियन एल्प्स हिम शृङ्खलामा गएका दुई हिम पहिरोमा उनीहरुको मृत्यु भएको हो।
ज्यान गुमाउनेमा पाँचजना चेक गणतन्त्रका नागरिक रहेको जनाइएको छ। साल्ज्बर्गबाट ८० किलोमिटर दक्षिण पश्चिममा रहेको पहाडी क्षेत्रमा हिम पहिरो गएको हो। मृत्यु हुनेमा पर्यटक तथा गाइड रहेको जनाइएको छ।
दक्षिणको कारिन्थिया क्षेत्रमा गएका अर्को हिम पहिरोमा ३३ वर्षका प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ।
Facebook Comments


























